ढोरपाटन शिकार आरक्षमा पाँच झारल र सात नाउरको सिकार हुने

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो यामको सिकार समय सुरु भएको छ । सिकारका लागि विदेशका व्यवसायिक सिकारी आरक्षमा आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

सम्बन्धित सामग्री

ढोरपाटनमा पहिलो यामको शिकार शुरू

बागलुङ । नेपालको एकमात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरू भएको छ । कात्तिक २ गतेदेखि शुरू भएको शिकार पर्यटन मङ्सिर २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि ७ नाउर र पाँचओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात शिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मङ्सिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको शिकार गर्न अनुमति लिएको बताए । यस्तै हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक÷एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक÷एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली शिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का शिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुन ब्लकमा एउटा झारलको शिकार गर्ने अनुमति लिएको अधिकृत कँडेलले बताए । उनले शिकारका लागि दुईजनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दूरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि १ लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले बताएको छ ।

ढोरपाटनमा पहिलो यामको शिकार शुरु : ७ नाउर र ५ ओटा झारलको शिकार हुने

कात्तिक ४, बागलुङ । नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन शुरु भएको छ । यस वर्षको पहिलो शिकार कार्तिक २ गतेदेखि मंसिरसम्म २५ गतेसम्म हुने भएको छ । ढोरपाटन शिकार आरक्षण बागलुङमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार यामका लागि ७ ओटा नाउर र ५ ओटा झारलको शिकार अनुमति दिएको छ । विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात सिकारीले सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मंसिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड टे«ल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी शिकारका लागि आउने गर्छन् । उनले हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको सिकार गर्न अनुमति लिएको बताए । यस्तै, हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक/एक नाउर र झारलको शिकार गर्ने, ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक/एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्ने र फ्रान्सेली सिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का सिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुने ब्लकमा एउटा झारलको सिकार गर्ने अनुमति लिएको अधिकृत कंडेलले बताए । उनले शिकारको लागि दुई जनाको एउटा समूह शिकार ब्लकतर्फ लागिसकेको जानकारी दिए । यस वर्ष शिकार खेल्ने दुरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यस बाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जानकारी दिएको छ । आरक्षणमा बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई पटक शिकार खुल्छ । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाइन्छ । यहाँ दुर्लभ एवम् संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको अधिकृत कंडेलले भनाइ छ । पेशेवर विदेशी शिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ । विं सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

ढोरपाटन आरक्षमा खुल्यो नाउर र झारल शिकार

ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि  जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।  नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिका...

ढोरपाटनमा नाउर र झारलको शिकार पर्यटन

बागलुङ– नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् । शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको […]