जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म दिएको नाम फिर्ता गर्ने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । जनकपुर उपमहानगर पालिका पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)ले प्रमुखमा उम्मेदवारी दिएको थियो । जसपालाई प्रमुख दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् । उन