काठमाण्डाै - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ । बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उहाँले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको हो ।
वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिनुभएको हो ।
भरतपुर पुगेक...