पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । सो अवसरमा प्रमुख सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताए ।उनले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताए । आम नागरिकको जीवनमा