नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकाेट पुगेका हुन् ।कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । यता ओलीका प्रेस संयोजक रामशरण बजगाईंले वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकार