काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गर्नुभएकाे छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफाेनमा कुराकानी गर्नुभएकाे हाे । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे छ ।
उहाँसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताउनुभएकाे छ ।
गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक त...