काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सत्तारूढ राजनीतिक दलहरूका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा सम्भव नहुने स्पष्ट पारे।नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उनले बताए। उनले भने, ‘गठबन्धन हाम्रो बीचमा कुराकानी मिलेर बन्यो। हाम्रो बीचमा कुराकानी मिलिरहे गठब