आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको