बार्सिलोनाका नयाँ म्यानेजर ज्याभीले आफ्नो पहिलो खेलमा जीत हासिल गर्न सफल भएका छन् । शनिबार भएको क्याटालान डर्बीमा बार्साले एस्पानियोलमाथि १-० को झिनो अन्तरको जीत हासिल गर्न सफल भएको हो । खेल बार्सिलोनाले जीते पनि गोलका अवसरहरू भने एस्पानियोलले धेरै बनाएको थियो । दोस्रो हाफमा ती अवसरहरूलाई गोलमा परिणत गर्न सकेको भए एस्पानियोलले खेल सजिलै आफ्नै पक्षमा पार्न सफल हुन्थ्यो । अन्ततः दोस्रो हाफको सुरुवातमा मेम्फिस डिपायले पेनाल्टीबाट गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।जीतसँगै बार्सिलोना लिगक