करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४-१ गोलअन्तरले विजयी भएको हो ।खेलको ४३ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको ७६ औँ मिनेटमा गोन्कालो गुइडेसले प्रहार गरेको पेनाल्टीलाई थियाबट कोर्टवाले रोके पनि रिबाउन्डमा गोल गर्दै उनले टोलीका लागि एक गोल फर्काए