काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यहरूलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश दिएको छ।जसपा विवाद समाधान गर्न गठित इजलासको बिहीबार बसेको बैठकले पार्टी एकीकरण हुँदा सनाखत गरेका सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन आदेश दिएको हो।आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दल एकीकरण हुँदा सनाखत गरेका पदाधिकारीलाई सक्कल नागरिकता वा मतदाता परिचयपत्र सहित उपस्थित हुन आदेश दिएको जानकारी दिए।पार्टी एकता हुँदा केन्द्रीय कार्यकारिणी सम