काठमाडौंः सर्वोच्च अदालत बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित हुन आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट नहटाउन गरेको आदेश अवज्ञा गरेको भन्दै अवहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफसहित उपस्थित हुन आदेश गरेको हो। …