जता हेर्यो उतै खाल्डो छ । राजमार्गको अधिकांश खण्ड जीर्ण छ । राम्रो, चिल्लो र पिच सडक कस्तो हुन्छ भन्ने देख्नै मुस्किल भयो,’ पोखरा–स्याङ्जा चल्ने माइक्रो बस चालक दिलीप रानामगरले भने, ‘अब त कहाँनेर कति ठूलो खाल्डो छ ? कुन खाल्डोमा गाडी पास गर्न सकिँदैन भन्नेसमेत सबै थाहा भइसक्यो ।’ सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्ड पछिल्लोसमय खाल्डाखुल्डीमा परिणत भएको छ । ‘वर्षामा हिलो र हिउँदमा धुलो यहाँको विशेषता नै हो,’ चालक रानाले भने । उनले सडककै कारण सवारीसाधनको आयु पनि घट्दै गएको गुनासो गरे ।