पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र