भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरूद्ध

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार विहान ३ :३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगा सहितको पहिरो झर्दा राजमार्ग पुर्ण...

सम्बन्धित सामग्री

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

२१ भदौ, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

बुटवल - पाल्पा सडकमा सुख्खा पहिरो : अझै खुलेन सडक

बुटवल : सोमवार दिउँसो सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अझै खुल्न सकेको छैन। पाल्पाको तिनाउ गाउँपालिका–५, स्थित कालीमाटी नजिकै २ बजे खसेको सुख्खा पहिरोका कारण सवारी साधन रोकिएका छन्। सडक खुलाउन बुटवल र पाल्पा दुबै तर्फबाट डोजर लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र…

सुक्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा : सुक्खा पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन – बुटवल सडक सोमबार अवरुद्ध भएको छ।तिनाउ गाउँपालिका–५ कालीमाटीमा सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए।ठूलो पहिरो खसेको हुँदा सडक सुचारु हुन कम्तीमा २ घण्टा लाग्ने बताइएको छ। अहिले जेसिवी पठाउने काम भइरहेको छ। सडकमा ढुंगा र बाँसको झाडीसहित सुक्खा पहिरो खसेको हो।पहिरोले राजमार्ग अवरुद्ध भएपछि टाढा टाढा पुग्ने सयौं यात्रुबीच बाटोमा अलपत्र परेका छन्।

स्याङ्जाको फेदिखोलामा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं : स्याङ्जाको फेदिखोला गाउँपालिका वडा २ अन्तर्गत भालुपहाडबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ। आज बिहान ३: ३५ बजे ढुंगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको स्याङ्जा प्रहरीले जनाएको छ। नगरपालिका र सडक विभागको सहकार्यमा राजमार्ग खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

पाल्पा : लगातारको वर्षाका कारण गएको पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी पुल नजिकैको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।राजमार्ग आइतबार दिउँसोदेखि पूर्णरूपमा अवरुद्ध छ। ठूल–ठूला ढुंगासहितको पहिरो खसेको छ। प्रहरी नायब उपरीक्षक अधिकारीले सोमबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको बताए। ढुंगा फुटाउन डोजर र ब्रेकरले प्रयोग गरि

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।

भालुपहाडमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

शनिबार रातिदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाउँपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध भएको हो ।