जीवन विकास लघुवित्तले प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको लाभांश प्रस्ताव गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको आधारमा कुल १४ दशमलव ७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले १४ दशमलव २८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सम्बन्धित सामग्री

एनएमबि लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आज अर्थात् चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० वैशाख १५ गते साधारण सभा बोलाएका छ । सभा सिटी स्क्वयार प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।  त्यस्तै जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय मोरङमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

जीवन विकास लघुवित्तले बोलायो साधारण सभा,कम्पनीले किन घटायो लाभांश ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।  गत चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय मोरङ्गमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजारको आधारमा १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत कम्पनीले वितरणयोग्य बनाउँनेछ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधरामा चैत १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।यस वर्ष कम्पनीले गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई लाभांश वितरणमा कडाइ गरेपछि कम्पनीले लाभांश घटाएर वितरण गर्न लागेको हो ।

जीवन विकास लघुवित्तले घटायो लाभांश

२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो । यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो । संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ […]

जीवन विकास लघुवित्तले ७३.६८ % लाभांश पारित गर्न शुक्रवार बोलायो साधारण सभा

चैत २४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा चैत २५ गते शुक्रवार बोलाएको छ । कम्पनीले सभा   मोरङ्गको कटहरी २ स्थित केन्द्रीय कार्यालयमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ। सभाले कुल ७३ दशलमव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ गतेदेखि २५ गतेसम्म बन्द गरेको जानकारी दिएको छ। यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

नेप्सेले गर्‍यो जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन

चैत १०, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ३ हजार तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार १०० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२० दशमलव ८३ तोकेको छ । कम्पनीको बिहीवार रू. १ हजार ४६५ मा अन्तिम कारोबार भएको छ । जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको छ ।

नेपाल टेलिकम र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ र जीवन विकास लघुवित्तले चित्रा १२ देखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउन सक्ने छन् ।टेलिकमले चैत्र २४ गते बिहिबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।     कम्पनीले सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १. साधारण प्रस्ताव :क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने।घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ पन्त्रालयबाट स्वीकृत पए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको पुनाफा रकम पध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०|- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयर पा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने।२. विशेष प्रस्ताव :क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने।ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को पुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००।- (अक्षरेपी अठार अब) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।त्यस्तै जीवन विकास लघुवित्तले  चैत्र २५ गते शुक्रबार मोरङमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ गतेदेखि चैत्र २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।(३) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।(४) संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,००००० (अक्षरमा बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६।८४ (अक्षरमा दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ आठ चार पैसा मात्र) नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्ने ।(५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने।(ख) विशेष प्रस्तावः(१) वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने ।(२) वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८४,००,०००/- बाट बृद्धि गरी रु. १,०३,४२,८०,०००/- (अक्षरेपी एक अर्ब तीन करोड बयालिस लाख असी हजार मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(३) वित्तीय संस्थाको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबरको चुक्ता पूँजी पुयाउन वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००/- (अक्षरेपी बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(४) बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने ।(५) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड १(र) थप गर्ने ।(६) वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने । (७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(८) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।(९) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

नेपाल दूरसञ्चार कम्पनीसहित ५ ओटा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले हालसम्ममा गत वर्षको लाभांश घोषणा गरेको छैन । सोही लाभांश घोषणाको अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।