काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आज अर्थात् चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० वैशाख १५ गते साधारण सभा बोलाएका छ । सभा सिटी स्क्वयार प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय मोरङमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।