काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका लागि खपत हुने र यहाँबाट कारोबार हुने सामानको आयातलाई सहज बनाउन काठमाण्डौको चोभारमा सुक्खा बन्दरगाहको अवधारणाअनुसार काम सुरु भएको थियो । काठमाण्डौ र आसपासका जिल्लाका लागि विदेशबाट आउने सामाग्रीको भन्सार जाँचपास पनि सीमा नाकामै गर्नुपर्ने झन्झटलाई हटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई अहिले भन्दा सहज बनाउने सरकारको लक्ष्यअनुसार चोभारमा सुक्खा बन्दरगाहको काम थालिएको थियो । म नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी भएर यहाँ आइपुग्दा बन्दरगाह निर्माणको काम सुरु भएको २८ महिना भइ...