अमेरिकाको लुइसियाना राज्यस्थित श्रिभपोर्ट शहरमा आइतबार बिहान भएको एक दर्दनाक सामूहिक गोलीकाण्डमा आठ जना बालबालिका तथा किशोरकिशोरीको ज्यान गएको छ। घटनामा कुल १० जना गोली लागेर घाइते भएका छन् भने संदिग्ध आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको अधिकारीहरूले पुष्टि गरेका छन्। श्रिभपोर्ट प्रहरी प्रमुख वेन स्मिथका अनुसार यो घटना ‘घरेलु प्रकृतिको’ रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। […]
काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन्। उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए। इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले […]
काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. पुरुषोत्तम दाहाल, तुलसीहरि कोइरालालगायतले कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले पछिल्लो दशकमा सबैभन्दा अधिक लघुकथा लेखिँदै आइएको बताउँदै हरेक […]
कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको हवाई उद्धार गरिएको छ । त्यसमध्ये एकजना सुत्केरी भइसकेपछि र एकजना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो । घरमै […]