अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच नेपालको पुनर्निर्माण तथा आर्थिक सुधारका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल भएको छ। अमेरिकाको वासिङ्टन डीसीमा भएको भेटमा बीमा र सामाजिक संरक्षणका विषयसमेत समेटिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। विश्व बैंक अध्यक्षको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका वाग्लेले […]
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायका पदाधिकारी वा कर्मचारीले गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक अभिव्यक्ति दिँदै उनले राज्यले सुम्पिएको गोपनीयता जानाजान उल्लङ्घन गर्ने कसैले उन्मुक्ति नपाउने बताएका हुन्। गुरुङले पदीय जिम्मेवारी बिर्सेर संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो […]
चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो । ४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई […]
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले सोमवार प्रथम पटक सूचना प्रकाशित गर्दै योग्य तथा उपयुक्त उम्मेदवारहरूबाट दरखास्त मागेको हो।
नारायणी नदीको कटान र बाढीबाट नारायणगढ बजार जोगाउन चितवनका उद्योगी व्यवसायीले तत्काल प्राविधिक अध्ययन र दीर्घकालीन तटबन्धनको माग गरेका छन्। उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेलाई भेटेर बजार संरक्षणका लागि पहल गर्न आग्रह गरेको हो। संघका अध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार नदी कटान, […]