काठमाडौं : नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ। गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको