गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मनाङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २०२, बागलुङ १९, स्याङ्जा २६ म्याग्दी ३, पर्वत ६, गोरखा ६०, लमजुङ ४०, तनहुँमा ५