छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । दु