गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा ५ जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ३, लमजुङमा १ र म्याग्दीमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कास्कीमा पोखरा –१ की ६५ वर्षीय महिला, पोखरा –१० की ६४ वर्षीय महिला र कास्कीको