काठमाडौं । राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको शपथ प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबारजारी गरेको प्रेस विज्ञप्तिमा नवनियुक्त महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्चारमाध्यमको समाचारप्रति ध्यानाकर्षण गराउँदै कानूनी व्यवस्थाबारे प्रष्ट पारिएको छ । “महान्यायाधिवक्ताको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ को परिच्छेद ५ को […]