काठमाडौँ – सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याएकाे अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतका राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई आममाफी दिन अध्यादेश ल्याएकाे थियो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार अध्यादेश सोमबार अनुमोदनका लागि राष्ट्रपति कार्यालय […]