काठमाडौं– विभिन्न पाँच विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । तेजाब तथा घातक रासायनिक पदार्थको नियमन, यौन हिंसा विरुद्धका ऐन संशोधन लगायतका विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति कार्यालय पठाएका हुन् । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, […]