झापा : झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ।अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। यसवर्ष मतदाताको सङ्ख्या बढे पनि त्यस भन्दा २ प्रतिशत मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ। यता मतपेटिका संकलनको काम सकिएसँगै जिल्लाका अधिकांश पालिका आजै रातीदेखि मतगणन