मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । ओलीले आफूसँग राखेका आठ वटा मन्त्रालय बिहीबार मन्त्रि नियुक्त गर्ने तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी थालकाे बुझिएकाे छ । The post मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईले भने : पहिले विश्वासको मत, त्यसपछि मन्त्रिपरिषद विस्तार

१६ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् । ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, […]

मुख्यमन्त्री केसीले आज मन्त्रिपरिषद विस्तार गर्ने, विमला वली राज्यमन्त्री हुँदै

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छन्। नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरुको नाम दिइसकेकाले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो।माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई स्वास्थ्यमन्त्री र बर्दियाका तिलकराम शर्मालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने र दाङकै विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको बताइएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि आफूहरुलाई सपथ कार्यक्रममा बोलाइएको इन्द्रजित थारुले थाहाखबरलाई बताए।‘ह

आज मन्त्रिपरिषद विस्तार हुन सकेन

काठमाडौँ । बिहीबार (आज) मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।

मन्त्रिपरिषद विस्तार तिहारपछि मात्रै !

काठमाडौँ– सर्वोच्च अदालतको परमादेशबाट दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापित भएर गठबन्धन सरकार बन्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार हुन नसक्नुको मुख्य कारण राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्ने अध्यादेश नै हो । अध्यादेशमार्फत ऐन संशोधनबाट बनेका दुई दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी […]

मन्त्रिपरिषद विस्तार सरेको सर्‍यै

काठमाडौँ– सत्ता गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको समूहले निर्वाचन आयोगमा दिएको निवेदनअनुसार दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । त्यसो भए मन्त्रिपरिषद विस्तार कहिलेसम्ममा होला ? राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले गरेको व्यवस्थाअनुसार निवेदन दिएपछि दल दर्ता हुन बढीमा ४५ दिन लाग्न सक्छ । निर्वाचन […]

हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह

एमालेको माधव समूहले आफ्ना कारणले मन्त्रिमण्डल विस्तार नरोकिएको दावी गरेको छ । नेता रघुजी पन्तले आफ्नो समूहका कारण मन्त्रिपरिषद विस्तार रोकियो भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।‘हाम्रो कारणले होइन, हामीले सरकारमा जान्छौ भनेकै छैनौ, त्यसकारण हाम्रा कारणले किन रोकिनु ?’, पन्तको प्रश्न छ । उनले आफुहरु सत्तापक्षमा नभएको पनि प्रस्ट पारे । ‘हामी सत्तापक्षमा छैनौ । तपाईहरु पत्रकारले यति पनि देख्न सक्नुभएन भने यो त विडम्बना हो’, पन्तको भनाइ छ ।

किन भएन मन्त्रिपरिषद विस्तार ? सरकारको चाबी माधव नेपालको खल्तीमा !

प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ?सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुरुकै दिन माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा अनि काँग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइएको थियो । पछि प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग स

प्रदेश–२ का मुख्यमन्त्री राउतले आज मन्त्रिपरिषद विस्तार गर्ने

धनुषा। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्दैछन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जसपा धनुषाका एक नेताले बताए। “सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी भएको छ। आजै मन्त्रिपरिषद विस्तार हुनसक्छ।”

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, थप दुई मन्त्रीले लिए सपथ

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्री नियुक्त भएका हुन् । पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर […]