काठमाडौं : आर्कटिक क्षेत्रमा अभ्यास गरिरहेका बेला आज रुसका आपतकाल मन्त्री येभ्गेनी जिनिसेभको मृत्यु भएको छ।५५ वर्षीय जिनिचेभको आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा मृत्यु भएको हो। रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार उनी र उनीसँग अन्तर्वार्ता लिने क्यामेराम्यान ६३ वर्षीय फिल्म निर्देशक अलेक्जेन्डर मेलनिक एक अग्लो चट्टानमाथि बसेका थिए। त्यसपछि मेलनिक चिप्लिएर पानीमा खसे।पानीमा खसेसँगै मेलनिकलाई बचाउन जिनिचेभ पनि हाम फालेका