बाँके : राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ। सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूती गृह सञ्चालनको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।‘गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घ