विष्णुपादुकामा बर्थिङ सेन्टर भवनको उद्घाटन

धरान : धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा प्रसूति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ।उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित बर्थिङ सेन्टर भवनको उद्घाटन गरेका हुन।मेयर राईले विष्णुपादुकामा विकास मात्र नभई सेवा सुविधा पनि धेरै दिईएको बताए।उनले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी सहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने धारणा राखे। 

सम्बन्धित सामग्री

स्वास्थ्यचौकी भवन निर्माण

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ८ कुमराङमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा निर्माण भएको भवन गत शुक्रवार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।       रामपुर नगरपालिकाको १४ लाख र काकिमीको १० लाख सहयोगमा भवन निर्माण गरिएको हो । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताए । नवनिर्मित भवनसँगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ । रासस