सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुका ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। आठ वटा स्थानीय तहमा ५२ वटा वडा रहेको जिल्लामा ४४.२३ प्रतिशत (२३ वटा) वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो।स्थानीय सरकार आएसँगै मातृ मृत्युदर रोक्न बर्थिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिइएको हाे। हाल जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाले वडा नम्बर १, २, ७, ८, ९ र १० मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए।यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले वडा नम्बर १, ३, ४, ८ र ९&n