काठमाडौं । हुलास आल्मुनियमले सोमवार फेब्रिकेटरबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट गरेको छ ।
चितवनमा सम्पन्न भएको कार्यक्रममा फेब्रिकेटरहरूलाई हुलास स्टीलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टील एप’को बारेमा जानकारी दिएको छ ।
कम्पनीले फेब्रिकेटरलाई लक्षित गर्दै आफ्नो एपमार्फत ‘हुलास स्टील एप मोबाइलमा, युरोप भ्रमण उपहारमा’ नाराका साथ यो एप ल्याइएको जानकारी दिएको छ ।
फेब्रिकेटरका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य उपहार रहेको बताइएको छ ।
कम्पनीका अनुसार अफरमा जोडिन ग्राहकले मोबाइलमा ‘हुलास स्टील एप’ डाउनलोड गरी आफूले सामान खरीद गरी प्राप्त भएको बिल लोड गरेर खरीद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । प्वाइन्टको संख्या भारका आधारमा उपहार प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।