मंसिर २६, काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ ।
कम्पनीले सभा अपरान्ह २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृत गर्ने र व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।