राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट ‘केएफडब्लु’ बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकमबैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्सलाई ३२ लाख ८ […]

सम्बन्धित सामग्री

बाँकेका १३७ जनाको ब्याज अनुदान फिर्ता

बाँके- युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ ।बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्देश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा […]

बाँकेमा ब्याज तथा अनुदान रकम वितरण

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुप

उर्जा बचत कार्य गरे बापत वाणिज्य बैंकद्वारा १३ ओटा कम्पनीलाई रकम हस्तान्तरण

कात्तिक १२, काठमाडैं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत कार्य गरे बापत १३ ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडव्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत  शुक्रवार ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।  बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई रू. १ करोड/१ करोड, नेपाल वायर्स एण्ड केवल लाई रू. ६४ लाख ८४ हजार, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई रू. ६३ लाख ९१ हजार, पञ्चकन्या मेटल इन्जिनियरिङलाई रू. ४४ लाख १९ हजार, एसआर स्टील इन्डष्ट्रिजलाई रू. ४३ लाख २१ हजार, क्युमेड फर्मुलेसनलाई रू. ३१ लाख ६१ हजार हस्तान्तरण गरेको छ ।   त्यस्तै, इलाम टी प्रोड्युसरलाई हस्तान्तरण रू. २९ लाख ६९ हजार, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई रू. २४ लाख ९४ हजार, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई रू. २२ लाख ५८ हजार, हिमालयन नेचुरललाई रू. १७ लाख ४० हजार र विजयदिप ल्याब्रोट्रिजलाई रू. ८ लाख ४५ हजार रकम हस्तान्तरण गरेको हो ।  मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउँदै हालसम्म ३० ओटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचतमा संलग्न ४ कम्पनीलाई अनुदान

काठमाडौं, २५ भदौ । चार वटा कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ […]

रावाबैंकद्वारा ऊर्जा बचतमा संलग्न ४ ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण

भदौ २४, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले बिहीवार चार ओटा कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले  जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार ३२० रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार २३१ रुपैयाँ र सालीमार मेटल्स प्रालिलाई ३२ लाख ८ हजार ८०० रुपैयाँ  हस्तान्तरण गरेको हो। मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी ती कम्पनीहरुले यन्त्रउपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।  नेपालका लागि जर्मन राजदूतावासका विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म २१ ओटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।  सरकार र जर्मन सरकार बीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्सिक्युटिङ एजेन्सी (पीईए) का रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ। यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ।

पोखराका किसानलाई भैँसी खरीद गर्न १७ लाख अनुदान

साउन ११, पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ ।  दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत आइतवार १० ओटाभन्दा बढी भैँसी पाल्ने ५० जना किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए । किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रू. ३४ हजार १२० का दरले ५० किसानलाई रू. १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उनको भनाइ छ । उनले भने, ‘महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।’ अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ । प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रू. एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० ओटासम्म गाईभैँसी पाल्ने र रू. एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ । यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रू. ५० लाखभन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० ओटासम्म गाईभैँसी र रू. ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, ५ देखि ९ ओटासम्म गाईभैँसी र रू. १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ । कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधँै गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गरे । महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक रहेको बताइन् । रासस

ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

काठमाण्डाै - राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । हिजाे आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गर्नुभयो । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चाल...