रुपन्देहीमा सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । आज बसेको जिल्लास्तरको संयन्त्रको बैठकले संयन्त्रलाई सबै पालिकासम्म विस्तार गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा बसेको बैठकमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स