यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री देउवाले दिइन्।
काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् […]