जिल्लामा नुवाकोट भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) को जात्रा सुरु भएको छ । सिन्दुरे जात्राको नामले परिचित यो जात्रा हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन लाग्ने गर्छ । साततले दरबारको दक्षिणपश्चिममा रहेको बूढीभैरवी मन्दिर परिसरमा ४२ हात लामो लिंगो र भैरवी मन्दिर पछाडि अर्को लिंगो ठड्याएपछि सिन्दुरे जात्रा पर्व सुरुवात गरिन्छ ।