नेपाल सुपर लिग : ललितपुर सिटीविरुद्ध एफसी चितवन भिड्दै

काठमाडौं। नेपाल सुपर लिगमा आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो। चितवनको भने यो पहिलो खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ। चितवनको प्रशिक्षण मेघराज केसीले गर्नेछन् भने ललितपुरको प्रशिक्षण प्रदीप हुमागाईंले गर्नेछन्।

सम्बन्धित सामग्री

ललितपुर सिटी शीर्ष स्थानमा

काठमाडौँ : ललितपुर सिटी एफसी आइतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ।अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। समान पाँच खेलमा ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो।चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो। काठमाडौं रेजर्सको पनि समान पाँ

नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ ।

नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ। हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा […]

नेपाल सुपर लिगः आज एफसी चितवन र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ।

नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ । आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्...

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

नेपाल सुपर लिगमा ललितपुर सिटी र चितवन बराबरी

पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले […]

नेपाल सुपर लिग: ललितपुर र चितवन बराबरी

काठमाडौं। अन्तिम मिनेट सम्हालिन नसक्दा ललितपुर सिटीले आज नेपाल सुपर लिगमा चितवन एफसीसँग अंक बाडेको छ। चितवनका अमितले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए। ललितपुरले ६९औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेका थिए। अञ्जनको प्रहार चितवनका गोलकिपर विशाल सुनारले बचाए। दुबै टीमले समान एक अंक जोडे।

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि…