नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ । आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : बुटवल र चितवनले १-१ को बराबरी खेले

नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् । खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो …

नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै काठमाडौं शीर्षस्थानमा

काठमाडौं : चितवन फुटबल क्लबले काठकाडौंसँग आइतबार अन्तिम हार बेहोरेसँगै नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेल सकिएका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा काठमाडौंले २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ।खेलमा काठमाडौंका मेसुके ओलुमेउ र सन्जोक राईले गोल गरे। चितवनका राजिव लोप्चनले एक गोल फर्काए। खेलको १७ औं मिनेटमा ओलुमेउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए।एक गोलको अग्रताका साथ खेलमा दबाब बनाएको काठमाडौंका संजोकले दोस्

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

नेपाल सुपर लिग : पोखराको अन्तिम चारमा सम्भावना कायमै, चितवन बाहिरियो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा सम्पन्न खेलमा पोखरा थन्डर्स एफसीले चितवन एफसीलाई २-१ ले पराजित गर्दै आफ्नो अन्तिम चारमा सम्भावनालाई कायम राखेको छ। पोखराको जितमा नवयुग श्रेष्ठ र राफेल रिम्गागोले एक-एक गोल गरे भने चितवनका शिशिर लेखीले एक गोल गरेका थिए। चितवनका गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए। पोखरासँग पराजित चितवन लिगबाट बाहिरिएको छ।

नेपाल सुपर लिग : पहिलो हाफमा पोखरा र चितवन गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा पोखरा थन्डर्स एफसी र चितवन एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगका पाँच खेलमध्ये एकमा विजयी, दुईमा बराबरी र दुईमा पराजित भएको पोखरा अंक तालिकाको छैटौं स्थानमा छ। त्यस्तै लिगका चारमध्ये दुईमा बराबरी र दुईमा पराजीत भएको चितवन अंकतालिकाको पुछारमा छ।

नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा

काठमाडौँ / नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको... The post नेपाल सुपर लिग : विराटनगर एफसी शीर्षस्थानमा appeared first on Purbeli News.

चितवन र बिराटनगरबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी एफसी चितवन र बिराटनगर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। लिगका तीनमध्ये दुईमा बराबरी र एकमा पराजित भएको चितवन दुई अंकसहित तालिकाको पुछारमा रहेको छ। त्यस्तै लिगका तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको बिराटनगर चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन खेल्दैछन् । धनगढी चार अङ्कसहित दोस्रो स्थानमा र चितवन दुई अङ्कसहित छैठौं स्थानमा छ । आजै बेलुकी साढे पाँच बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी खेल्दैछन् । बुटवल शीर्ष स्थानमा छ भने विराटनगर पाँचौं स्थानमा रहेको छ ।

नेपाल सुपर लिग: ललितपुर र चितवन बराबरी

काठमाडौं। अन्तिम मिनेट सम्हालिन नसक्दा ललितपुर सिटीले आज नेपाल सुपर लिगमा चितवन एफसीसँग अंक बाडेको छ। चितवनका अमितले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए। ललितपुरले ६९औं मिनेटमा कमल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेका थिए। अञ्जनको प्रहार चितवनका गोलकिपर विशाल सुनारले बचाए। दुबै टीमले समान एक अंक जोडे।