ललितपुर सिटी शीर्ष स्थानमा

काठमाडौँ : ललितपुर सिटी एफसी आइतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ।अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। समान पाँच खेलमा ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो।चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो। काठमाडौं रेजर्सको पनि समान पाँ

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ । आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्...

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

पोखराले ललितपुरको सामना गर्दै

नेपाल सुपर लिगको आज हुने एक मात्र खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीको सामना गर्दैछ । अङ्कतालिकामा चौथो स्थानमा रहेको पोखराले छैठौं स्थानको ललितपुरको सामना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि उक्त खेल हुनेछ । पोखराले आजको खेल जिते अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिने सम्भाबना छ । ललितपुर भने पोखरालाई हराए तेस्रो स्थानमा उक्लिन सक्नेछ । शीर्ष स्थानको धनगढीको सात अङ्क छ । दोस्रो स्थानको लुम्बिनिको छ तथा बिराटनगरको पाँच अङ्क छ ।

नेपाल सुपर लिगमा पोखरा र ललितपुर भिड्दै

काठमाडौं :  नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन्। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ। ललितपुरले भने दुईटा खेलमा बराबरी गर्दा एउटामा पराजय भोगेको छ।लिगमा ४ खेल खेलेको धनगढी २ मा जित र १ मा बराबरी खेल्दै ७ अंकसहित शीर्ष स्थानमा छ भने एकमा जित र दुई खेलमा बराबरी गरेको बुटवल–लुम्बिनी ५ अंकसहित दोस्रो स्थानमा छ। हिज

नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा

आजको खेल पोखरा थन्डर्सविरुद्ध ललितपुर सिटी एफसी समय : ५ः३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी, दुवैलाई घाटा

धनगढी एफसी र ललितपुर सिटी एफसीले बिहीबार नेपाल सुपर लिगमा १–१ को बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा पुर्‍याउने छ । धनगढीले जितसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमायो भने ललितपुर पहिलो जितबाट वञ्चित रह्यो । धनगढीको तीन खेलबाट चार अंक भएको छ र दोस्रो स्थानमा पुगेको छ । ललितपुर भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो र पुछारमा रह्यो ।