संघीय सांसद अञ्जना विशंखेले आफ्नै घरभित्रका पुरुषलाई छाडा नहुन सम्झाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।उनले महिलाका हकमा कठोर कानुन बनेको भन्दै घर भित्रैका लाई सम्झाउनुपर्ने बताइन् । ‘अब घरमा आफ्नै श्रीमान्, छोरा र बुवालाई अब छाडा हुन पाईंदैन भनेर समेत सम्झाउनुपर्छ ।’ ‘अनावश्यक मुद्दा लाग्ने विषयमा पुरुष आफै पनि सचेत हुनुपर्ने बताउँदै उनले महिला यौन हिंसाका लागि कठोर कानुन ल्याउनुपर्नेम