काठमाडौं १० मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं १० मा मतगणना सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट लगायतका उम्मेदवारहरु प्रतिष्पर्धामा छन् ।

सम्बन्धित सामग्री

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।

उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको उदयपुरको त्रियुगा नगरपालिकामा आजदेखि मतगणना सुरु भएको छ । नगरपालिको १२ नम्बर वडाको जनप्रेमी माविमा रहेको क ख ग मतदान केन्द्रमा मतदानको क्रममा विवाद हुँदा मतदान नै स्थगित भएको थियो । पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु भएको हो । […]