नेकपा माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखे काठमाडौँ क्षेत्र नम्बर १० मा राजन केसीको रेकर्ड ब्रेक हुने दाबी गर्छिन् । जनताले १० वर्षमा राजनले केही गरेन भन्ने गरेको उनी बताउँछिन् ।यस क्षेत्रमा भिन्न समीकरण छ । अन्यत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा काठमाडौँ–१० मा भने कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता राजेन्द्र (राजन) केसीले आधार इलाका बनाएका छन् । केसी