विराटनगर : चालू आर्थिक वर्षको बजेटलाई लिएर प्रदेश १ को सदनमा मुख्यमन्त्री र पूर्वआर्थिक मामिला मन्त्रीबीच आरोप-प्रत्यारोप सुरु भएको छ। मुख्यमन्त्री शेरधन राई र पूर्व आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोबीच बजेटलाई लिएर विवाद उत्पन्न भएको हो।
सोमबारदेखि मुख्यमन्त्री राईले पूर्वमन्त्री आङ्बोकै कारण बजेट असन्तुलित भएको आरोप लगाएका थिए। मंगलबार विशेष समयमा बोल्दै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता आङ्बोले बजेटको असन्तुलन मुख्यमन्त्रीकै कारणले भएको बताएका हुन्।
‘बजेटजस्तो कुरा सरकारको ...