प्रधानमन्त्रीलाई उद्घाटनकै मोह : निर्माण पूरा नभएको गोदावरी हल भोलि उद्घाटन हुने

काठमाण्डाै – कोरोना संक्रमितलाई अक्सिजन नभएर अवस्था भयावह भइरहेको बेला पनि प्रधानमन्त्री केपी शर्मा ओली भने पूरा नभएका आयोजना उद्घाटनमै व्यस्त हुनुहुन्छ । पूरा नभएका आयोजना उद्घाटन गरिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले गोदावरीमा निर्माण भइरहेको सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्न लाग्नुभएको छ । ओलीले भोलि दिउँसो बालुवाटारबाट भर्चुअल रुपमा केन्द्रको उद्घाटन गर्ने र केही कर्मचारी गोदावरीमै जाने शहरी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नै गोदावरी जाने भनेर यसअघि मन्त्रालयले निमन्त्रणा कार्ड ब...

सम्बन्धित सामग्री

पौने तीन वर्षअघि उद्घाटन भइसकेको धरहराको निर्माण कछुवा गतिमा

काठमाडौं : सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, २०७५ पुसमा निर्माण शुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थ

पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो । नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, […]

भारतको सहयोगमा निर्माण भएको पर्वतको श्री पूर्णेश्वर माविको भवन उद्घाटन

काठमाडौं, १७ जेठ । पर्वतको श्री पूर्णेश्वर माध्यमिक विद्यालयको कम्युटर भवनको उद्घाटन भएको छ । कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको आज भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास […]

निर्माण सम्पन्न नहुँदै पूर्वमुख्यमन्त्रीले सडक उद्घाटन गरेपछि विरोध

हेटौंडा – हेटौंडा उपमहानगरपालिका-६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेट-रामनगर जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् । वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले […]

उद्घाटन मोह : गोदावरीका मेयरले गरे निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन

कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि आफ्नो कार्यकालमा उद्घाटन गर्न नपाइने भएकाले उनले निर्माणाधीन अवस्थामै रहेको भवन...

भारतको सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ९ चैत । भारत सरकारको आर्थिक सहयोगमा मोरङ जिल्लाको विराटनगरमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगरमा निर्माण सम्पन्न भएको नाट्यशाला भवनको आज (बुधबार) विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारकाे उद्घाटन

दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारकाे उद्घाटन गरिएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले  उक्त केबलकारकाे अाज उद्घाटन गरेका हुन् ।  मन्दिर दर्शन गर्न र मन्दिर छेउमा निर्माण भएको केबलकारको उद्घाटन...

बुटवल उपमहानगरको नयाँ भवन निर्माण, पूर्व अर्थमन्त्री पौडेलले गरे उद्घाटन

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् । भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।  महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्य...

नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।...

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन

काठमाडौं। वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले एक साथ उद्घाटन गरेका छन्। उद्घाटन गरिएका पुलमा विष्णुमती खोलाको घलेपुल, सुकेधारा धोवीखोला पुल, मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, पलङ्खु खोला पुल, ढुङ्गे खहरे कल्भर्ट पुल, मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुल छन्।