जनयुद्धले रोजगारी गुम्यो, युवा विदेशिन बाध्य भएः ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताएका छन्।देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको पनि उनको भनाई रहेको छ।उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको पनि प्रष्टाएका छन्।उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेकोपनि बताएका छन्।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

रोजगारी सिर्जना गर्न सामूहिक लगानी : अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामुहिक

रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक : चेम्बर अध्यक्ष मल्ल

पोखरा : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन्।पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन्।अध्यक्ष मल्लले भने, ‘आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ। प्रत्येक बर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा

निर्वाचनको संघारमा विदेशीन बाध्य, निर्वाचनभन्दा रोजगारी ठूलो

काठमाडौं । मतदान कर्ममा नेपाली मतदाताको अभूतपूर्व उत्साहको सर्वत्र प्रशंसा हुने गरेको छ । पाँच वर्षमा एक पटक आउने यो अवसरलाई परदेशबाट आएर पनि उपभोग गर्ने उत्कण्ठा देखिन्छ । संघारमा चुनाव आइरहँदा घरपरिवारको खर्च जोहो गर्न विदेशिन बाध्य युवाहरु आफूले मतदान गर्न नपाएपनि विकासप्रेमी युवा उम्मेदवारलाई जिताउनुपर्ने अभिमत राख्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भीड […]

चाडपर्वमा पनि विदेशिन बाध्य नेपाली

काठमाडौं । यतिबेला सिंगो देश नै दसैँमय छ । तर, केही नेपाली भने विदेश जान बाध्य छन् । आज (बुधवार) सम्पूर्ण हिन्दू नेपाली विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिस टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । आज बिहान दसैँको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा...

दशैंंका दिनमा पनि युवा रोजगारीका लागि विदेशिन बाध्य

काठमाडौं । यतिबेला सिंगो देश नै दशैंमय हुँदा केही युवायुवती भने विदेश जान बाध्य भएका छन् । आज (बुधबार) सम्पूर्ण नेपालीहरु महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरु रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिंदै थिए । बुधबार बिहान दशैंको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग […]

सम्भावनाको सदुपयोग

रोजगारीका अवसर सिर्जना गर्न कुनै पनि ठाउँमा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसायका गतिविधि प्रशस्त चाहिन्छन् । तर, प्रदेश १ मा एउटा मात्रै औद्योगिक नगरी छ–विराटनगर । यस्तोमा यहाँ रोजगारीका अवसर खोज्न गाह्रै छ । रोजगारी अभावले युवा विदेशिन बाध्य छन् । हिमाल, पहाड, तराईका १४ जिल्ला मिलेर बनेको यो प्रदेशले निकै समुन्नत र सम्भावना बोकेको छ । दुःखको कुरा, हामीले सम्भावनाको सदुपयोग गर्न सकेनौं ।

रोजगारीका लागि विदेशिने जुम्ली युवा बढ्दै

जुम्लाबाट रोजगारीका लागि विदेशिने युवाको संख्या वर्षेनी बढ्दै गएको छ । आफ्नै गाउँठाउँमा रोजगारीका अवसर नभएपछि ठूलो संख्यामा युवाहरू वर्षेनी पलायन हुन थालेका हुन् । स्थानीय सरकार सञ्चालन भएको साढे चार वर्षमा पनि सीप क्षमता र योग्यताअनुसार आफ्नै गाउँघरमा उपयुक्त रोजगारी पाउने वातावरण नपाएपछि युवाहरू विदेशिन बाध्य भएका छन् । जुम्लासहित कर्णालीका नागरिकको रोजगारीका लागि […]

कोरोनाको चौतर्फी असर

सन् २०१९ डिसेम्बरको अन्तमा चीनको वुहानबाट फैलिएको भनिएको कोभिड–१९ ले आज विश्व नै त्रस्त छ । कारोनाकै कारण आर्थिक क्रियाकलाप प्राय ठप्प हुँदा सबै देशमा आर्थिक मन्दी छाएको छ । हजारौंले रोजगारी गुमाएका छन् । व्यापार व्यवसाय उद्योग आदि सबै बन्द हुँदा सर्वत्र नकारात्मक प्रभाव पर्न पुग्यो । स्वास्थ्यमा त विकराल अवस्था छँदै छ, यसबाहेक शिक्षाक्षेत्र पनि डामाडोल भएको छ । उत्पादनमूलक क्षेत्रमा अवरोध सृजना हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेर समग्र अर्थतन्त्रमा ऋणात्मक असर पर्न गयो । अर्थतन्त्रका अवयवहरू श्रम, उद्योग, रोजगारी, व्यापार आदिमा नकारात्मक प्रभावका कारण आज हाम्रो अर्थतन्त्र समस्यामा परेको अवस्था छ । कोरोनाको विश्वव्यापी महामारीका कारण कमजोर बनेको अर्थतन्त्रलाई उकास्न ज्यादै मेहनत गर्नुपर्ने भएको छ । समाजको गतिशीलताका लागि गरिने सबै क्रियाकलापले आपसी सदभाव, मेलमिलाप तथा विकास निर्माणका कार्य हुने गर्छन् । विभिन्न बैठक, गोष्ठी, तालीम, भेला, सम्मेलन, अन्तरक्रिया, छलफल आदि सबै बन्द भएको अवस्था छ । यसले विकास निर्माणलगायत अन्य शीप विकास तथा आय आर्जनका क्रियाकलापहरू पनि हुन पाएन । व्यक्तित्व विकास स्वरोजगारी र अन्य महत्त्वपूर्ण कार्य अवरुद्ध हुँदा त्यसको असर सर्वत्र परेको छ । यसले अन्ततः देशको अर्थतन्त्रलाई नै कमजोर बनाएको छ । समाजका विविध अवयवहरूमा नकारात्मक असर पर्न जाँदा स्वाभाविक रूपले समाजमा पनि परिवर्तनशीलता र गतिशीलता नदेखिने अवस्थाको सृजना हुन पुग्छ । अर्थतन्त्रको महत्वपूर्ण एकाइ भनेको रोजगारी नै भएकाले यसको भूमिका ज्यादा रहन्छ । कोरोनाका कारण नेपालमा नै हजाराैं व्यक्तिले रोजगारी गुमाउनु परेको तीतो यथार्थ हाम्रो सामु छँदै छ । विभिन्न निजी संस्थामा रहेका कामदारहरूले पेशा गुमाउनुपर्दा उनीहरूको दैनिकी थप कष्टकर बन्न पुग्यो । बिहान बेलुका हात मुख जोर्ने समस्याले गर्दा केही आत्महत्यासमेत गर्न पुगेको नमिठो वास्तविकता हामीले देखे भोगेकै हौ । यसले समाजमा अर्को समस्या यो सृजना गरेको छ : त्यो हो डिप्रेशन । यो आज ठूलो र विकराल बन्दै गएको देखिन्छ । रोजगारीको सवालमा वैदेशिक रोजगारी हाम्रा अर्थतन्त्रको मुख्य आधार बनेको छ । पछिल्लो तथ्यांकअनुसार ५० लाखभन्दा धेरै मानिस वैदेशिक रोजगारीका लागि अन्य मुलुकमा गएका छन् । कोरोना विश्वव्यापी महामारीका रूपमा फैलिएकाले यसले सबै देशमा असर पारेको छ । त्यसैले विभिन्न देशमा श्रम गर्न गएका श्रमिकले पनि रोजगारी गुमाउनु परेकाले एकातर्फ देशको अर्थतन्त्रलाई असर पर्न गयो भने अर्कातिर रोजगारी गर्नेको परिवारलाई प्रत्यक्ष असर पर्न गयो । परिवारको बिचल्ली भयो भने देशको अर्थतन्त्रको टेको पनि कमजोर बन्यो । वैदशिक रोजगारीमा जानेले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा सहजता आउने हुँदा यसले हाल थप समस्या पनि सृजना गरेको छ । नेपालको हरेक परिवारमा विदेश जाने मानिस रहेको अध्ययनले देखाएको छ । यसो हुँदा सबैलाई यो समस्याले प्रभाव पार्ने निश्चित छ । देशमा रोजगारीको व्यवस्था गर्न नसक्दा आज होनहार युवा जनशक्ति विदेशिन बाध्य भएका छन् । वैदेशिक रोजगारी क्षणिक रूपमा लाभदायक भए पनि दीर्घकालका लागि यो घातक हुने यस क्षेत्रका जानकारहरू बताउने गर्छन् । राजनीतिक अस्थिरता, उद्योगको स्थापना गर्न नसक्नु, दृढ इच्छाशक्तिको अभाव आदिले गर्दा आज स्वदेशमा रोजगारीको अवसर देखिँदैन । त्यसैले बाध्यताका कारण विदेशिन परेको वास्तविकता हामीले भुल्नु हुँदैन । रोजगारीमा जाने मात्र नभई अध्ययनका लागि विदेश गएका समेत स्वदेशमा नआउने भएका छन् । यसले नेपालमा बौद्धिक पलायनको समस्यासमेत सृजना भएको छ ।    कोरोनाको महामारीबाट प्रत्यक्ष प्रभाव परेको विषय भनेको पारिवारिक भेटघाट जमघट तथा सामान्य कार्यक्रमसमेत गर्न नमिल्ने अवस्थाको सृजना भएकाले सबैमा एक प्रकारको न्यास्रोपूर्ण वातावरण बनेको देखिन्छ । एका घरका सदस्य बिरामी पर्दा समेत निर्धक्क भेटघाट तथा सहयोग गर्न असहज भयो । मानिस निकट भए पनि रोगसँग जोरी खोज्ने दुस्साहस पनि गर्नु भएन । असहज अवस्थामा पारिवारिक रूपमा प्रत्यक्ष सहयोग समेत नमिल्ने जुन अवस्था आयो त्यो भने ज्यादै मन कुँडाउने खालको बन्न पुगेको छ । यसले कताकता पारिवारिक सम्बन्धको दूरी त बढाउने होइन भन्ने चिन्तासमेत बढाएको अनुभूति सर्वत्र गरिँदै छ । विश्वव्यापी रूपमा फैलिएको कारोनाको त्रासदीले सबै समाजमा प्रत्यक्ष प्रभाव पारेकाले हाम्रो समाजमात्र त्यसबाट अलग रहने विषय भएन । आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि भएको छ जसले संक्रमण कम गर्न सहयोग पुगेको छ । मास्क लगाउने बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता कार्यले रोगको फेलावटलाई केही न्यून गर्न सघाउ पुगेको छ । अर्को सामाजिक पक्ष भनेको विवाह, व्रतबन्धका कार्यक्रम तीजजस्ता सामूहिक भेलाहरूमा लगाम लाग्न पुग्यो जुन अत्यन्तै सकारात्मक भएको छ । यसले समाजमा मितव्ययिता कायम राख्न सहयोग पुगेको छ । त्यतिमात्र नभइ विपन्न वर्गमा जुन बाध्यता समाजमा देखाउनका लागि भने पनि गर्नुपर्ने र ऋण नै गरेर भए पनि चाड पर्व मनाउनुपर्ने अवस्थाको अन्त्य हुन पुगेको छ जसले समाजमा विकृति बन्न पुगेको तडकभडकका साथै देखासिखी गर्ने परिपाटी हाललाई अन्त्य भएको छ । यसले नेपाली समाजमा व्याप्त रहेको खर्चिलो र भड्किलो बनेको पर्व उत्सव आदिमा सकारात्मक सन्देशकोे सञ्चार गराएको छ । यो समाजको सकारात्मक पक्ष हो । लेखक समाजशास्त्रका अध्यापक हुन् ।

स्वरोजगार बन्दै युवा

देशमा स्थानीय सरकार निर्माणसँगै विकासका पूर्वाधारका कामले तीव्रता पाएको छ । साथै गाउँका युवाले समेत रोजगारी पाएका छन् । नेपालमा रोजगारीको अवसर नदेखेपछि विदेशिन बाध्य भएका युवा गाउँ–गाउँमा विकासका गतिविधिले तीव्रता पाएपछि स्थानीय तहमै रोजगारीको अवसरसमेत प्राप्त गरेका छन् ।