विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।वर्षौं अगाडि नेपालमा खोप सहज उपलब्ध थिएन र भएको खोपको (नाइटो वरिपरि दिने खोप) पनि नकारात्मक प्रभाव अत्यधिक हुने गर्दथ्यो । तसर्थ रेबिज रोगको कारणले बर्सेनि धेरैको ज्यान गएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यकिन तथ्याङ्कको खडेरी भने अहिलेसम्म पनि देखिन्छ ।हाल परिस्थिति बदलिएको छ । लगभग सबै ठाउँमा (सरकारी तथा निजी अस्पताल, औषधि प