कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप

ताप्लेजुङ – मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ। गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो। गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ। मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक […]

सम्बन्धित सामग्री

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

सुदूरपश्चिम- रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ। खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो। स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि […]

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, खोप लगाइएन भने रेबिजको संक्रमण फैलिन सक्छ र मानिसको ज्यान समेत जान सक्छ । संसारभरि नै कुकुरको टोकाइले हुने रेबिज संक्रमण बढी देखिन्छ । तर कुकुर मात्र होइन, अन्य धेरै जनावर छन् जसको टोकाइले रेबिज संक्रमण हुन सक्छ । बिरालो, स्याल, फ्याउरो र अन्य जंगली जनावरको टोकाइले पनि रेबिज भएका […]

कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

खोप कार्यक्रम रोकिंदा काठमाडौंका सामुदायिक कुकुर रेबिजको जोखिममा

काठमाडौं । रेबिज रोगले मानिसका साथै पशुको केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ । यो निकै संक्रामक रोगबाट मुख्य पीडित कुकुर हुन्छ । कुकुरलाई अन्य जनावरबाट सरेको हुन्छ, भने रेबिज रोग लागेको कुकुरले टोकेमा मानिसलाई सर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सामुदायिक कुकुरको कुल संख्याको ७० प्रतिशतलाई एन्टी रेबिज खोप लगाउने हो भने रेबिजबाट हुने मृत्यु […]

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइँदै

छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउनु सुरु गरेको हो।

के हो रेबिज, कसरी बच्ने ?

रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि रेविज घातक हुन पुग्छ । मुख्यत रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट नै बच्नुपर्छ । रेबिजविरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, जुन उमेर समूहका

काठमाण्डौ महानगरभित्रका कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

काठमाण्डौ - काठमाण्डौ महानगरले कुकुर व्यवस्थापन कार्यक्रम अन्तर्गत १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । काठमाण्डौ महानगरले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षमा कुकुर व्यवस्थापनका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम गएको आर्थिक वर्षको तुलनामा ६० लाखभन्दा बढी हो । महानगरभित्र घरपालुवा कुकुरको सङ्ख्या झन्डै ८४ हजार रहेको तथ्याङ्क छ ।

रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

लमजुङ– लमजुङमा रेबिज रोग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा रुपेश श्रेष्ठका अनुसार बेँसीशहरमा भएको शिविरमा १४९ कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३४ वटा कुकुर […]

काठमाडौँका सडकमा १ लाख बेवारिसे कुकुर, चुनौती बन्दै रेबिज

नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौँ उपत्यकाका सडकमा मात्रै १ लाख बेवारिसे कुकुर छन् । ती सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुख्य सहरी क्षेत्र र ग्रामीण क्षेत्रबाट शहरउन्मुख ठाउँमा रेबिज रोगको चुनौती झन् थपिदै गएको छ । रेबिज रोग, रेबिज ग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्छ । रेबिज भाइरसबाट प्राणघातक रोग लाग्ने चिकित्सकहरूको भनाइ छ । यो रोग बौलाहा जनावरले टोक्दा लाग्ने रोग हो

गोकर्णेश्वरको स्वास्थ्य शाखाहरुबाट रेबिज बिरुद्धको खोप

गोकर्णेश्वर नगरपालिकामा रेबिज रोगबिरुद्धको खोप दिने कार्यको शुभारम्भ भएको छ । कुकुर तथा जंगली पशुको टोकाइबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप नगरपालिकाका स्वास्थ्य शाखाहरुबाट दिने ब्यवस्था गरिएको हो । रेबिज बिरुद्धको खोप टेकु अस्पतालबाट निशुल्क तथा शुल्क तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा लगाउने पाइने गरेकोमा अब गोकर्णेश्वर नगरपालिकाबाटै दिन थालिएपछि यस क्षेत्रका बासिन्दा निकै …